आज प्रदेश सभामा हुने प्रधानमन्त्रीको सम्बोधनमा सहभागी हुने

18

काठमाडाैं । माओवादी र एकीकृत समाजवादी आज प्रदेश सभामा हुने प्रधानमन्त्रीको सम्बोधनमा सहभागी हुने भएका छन्।

कोशीका विपक्षीको ‘कन्सर्न’ लाई मुख्यमन्त्री हिक्मत कार्कीले ‘सकारात्मक रूपमा सम्बोधन गर्ने’ प्रतिबद्धता जनाएको भन्दै उनीहरू सहभागी हुन लागेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभा बैठकलाई मंगलबार दिउँसो २:३० मा सम्बोधन गर्ने कार्यक्रम छ। आजकै प्रतिनिधि सभा बैठकमा प्रमुख विपक्षी नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम छ। गएको माघ २४ मा आफूले संसद्लाई सम्बोधन गरिरहँदा प्रधानमन्त्री उपस्थित नभएकोमा असन्तुष्टि प्रकट गरेका प्रचण्डले आज बोल्दा पनि प्रधानमन्त्री भने अनुपस्थित नै रहने भएका छन्।

कोशीमा विपक्षीहरूलाई मनाउने क्रममा मुख्यमन्त्री हिक्मत कार्कीले मंगलबार बिहान माओवादी नेता इन्द्र आङ्बोसँग छलफल गरेका थिए।

‘विपक्षीहरूको तर्फबाट आज बिहान मैले मुख्यमन्त्रीसँग छलफल गरेँ, हाम्रो कन्सर्नलाई उहाँले सकारात्मक रूपमा लिँदै सम्बोधन गर्ने जनाउनुभएको छ,’ माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ‘अहिले हामी विपक्षी दुई दल केहीबेरमा बैठक बस्दैछौं। त्यसपछि औपचारिक रूपमा के गर्ने नि�