राजतन्त्रको पक्षमा सडकमा देखिएको भीड ट्रायलमात्र

57

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले फागनु २५ गते राजतन्त्रको पक्षमा सडकमा देखिएको भीड ट्रायलमात्र भएको जनाएकी छन्।

मंगलबारको संसद् बैठकमा बोल्दै उनले सरकारका कारण नागरिकहरू सडकमा आएको जनाइन्। ‘जसरी नागरिकहरू सडकमा देखिए त्यो भीड ट्रायलमात्र हो। सबै जिल्लाबाट यसरी आएभने सरकारले थेग्न सक्दैन’, उनले भिनन्।

२५ गते राजतन्त्र पक्षधरहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। शक्ति प्रदर्शनमा २० हजार बढी नागरिकको सहभागिता भएको विभिन्न आँकलनहरू छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here