अवैध लागूऔषध गाँजा बरामद

35

बारा । कोल्हबी नगरपालिका-५ सोनाभारबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलोग्राम सोमबार राति प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कोल्हबी र प्रहरी चौकी बारागढीबाट खटिएको प्रहरीलाई देख्नासाथ कुमरगढीबाट सोनाभार टोलतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here