साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा

65

काठमाडौं । दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्।

आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्।

च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख २५ देखि जेठ ४ (मे ८ देखि १८) गते सम्म हुने तय भएको छ। यो पटक पाकिस्तानले भाग नलिने भएको छ।

च्याम्पियनसिपमा कुल ९ खेल हुनेछन्। जहाँ समुह चरणमा ६ तथा २ सेमिफाइनल र फाइनल हुनेछ।
नेपाल यो च्याम्पियनसिपको पहिलो संस्करणको विजेता हो।

सन् २०१५ मा पहिलो पटक विजेता बनेको नेपालले दोस्रो पटक २०१७ मा उपाधि जितेको थियो।

भारतले सर्वाधिक ३ पटक उपाधि जितेको छ। गत संस्करण नेपालमा भएको च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ४-१ ले हराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here