महानगरको अनुमतिबिना सडकबाट फोहोर नछान्न आग्रह

54

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति नलिई सडकबाट फोहोर उठाउने तथा छान्ने काम नगर्न आग्रह गरेको छ।

महानगरको वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गरेर महानगरको अनुमतिबिना सडकबाट फोहोर नछान्न आग्रह गरेको हो।

महानगरपालिका क्षेत्रभित्रको नगरजन्य फोहरमैला अन्तर्गत अजैविक (सुख्खा) फोहर व्यवस्थापनका लागि विभिन्न सात क्षेत्रमा सुख्खा फोहर मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ।

सोही कारणले महानगरपालिकाको अनुमति नलिई व्यवसायिक संस्थाहरू, चोक तथा सडकबाट व्यवसायिक रूपमा फोहर उठाउनेरछान्ने कार्य नगर्न नगराउन सूचना जारी गरेको विभागले जनाएको छ।

सूचनालाई अटेर गरी यस्ता कार्य गरेको भेटिएमा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ र दफा ३९, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ र दफा ५२ एवं काठमाडौं महानगरपालिकाको चालु आर्थिक वर्षको आर्थिक ऐन बमोजिम कसुरअनुसार जरिवाना गरिने महानगरले जनाएको छ।

चोक सडकमा थुपारिएकाे फाेहाेरहरु कवाडीवालाहरुले छानेर  लैजाने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here