भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृतका नेता अलमलमा

19

काठमाडौं । पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता अलमलमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको सूचना एकीकृत समाजवादी पार्टी पंक्तिलाई पहिल्यै थाहा थियो । तर, विशेष अदालतमा मुद्दा दायर भएपछि एकीकृत समाजवादीका शीर्ष नेताहरू नै अलमलमा परेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here