बाँके / बाँके जिल्लाको कोहलपुर स्थित पुरानो बसपार्कको उत्तरपट्टि रहेको सुकुम्बासी र साना व्यापारीहरुको बस्ती हटाउने निर्णय विरूद्ध नेकपा बाँके जिल्लाले हिजो एक प्रेस विज्ञप्ति मार्फत विरोध जनाएको छ ।
सत्तासीन नेकपा सुकुमवासी विरुद्ध खनिएका छन भने विप्लव नेतृत्वको नेकपाले सुकुमवासीको पक्षमा सरकार विरुद्ध विरोध जनाएका छन् ।
भुमाफियाहरुको षड्यन्त्रमा शान्तिनगरको घरबस्ती नगर विकासले उठाउन लागेको निर्णय प्रति विप्लव नेतृत्वको नेकपा बाँकेले यस्तो जनविरोधी निर्णय स्वीकार्य हुन नसक्ने भन्दै बाँके जिल्ला कार्यालय सचिवको हस्ताक्षर सहितको चेतावनी विज्ञप्ति प्रकाशित गरेका छन् ।
विज्ञप्तिका अनुसार यही मिती पुष २० गते कोहोलपुर नगरविकास समितिको बोर्ड बैठकले १५ दिने सुचना प्रकाशित गरी केही मुठ्ठीभर भुमाफिया र दलाल पुँजीवादीहरूको षड्यन्त्रमा पुरानो बसपार्क को उत्तर पट्टी रहेका साना व्यपारीको घरटहरा र शान्तिनगरका केही घर हटाउन गरिएको निर्णय प्रति हाम्रो पार्टी घोर भ्रर्सना गर्दछ ।
यस्तो जनविरोधी निर्णय लाई फिर्ता लिन अनुरोध गर्दै उचित विकल्प बिना उठीवास नगराउन पार्टी विनम्र आग्रह गर्दछ । साथै बसीरहेका सुकुम्बासी र व्यवसायीहरू लाई जग्गाधनी पुर्जा दिन पनी माग गर्दछ । यदि हाम्रो पार्टीको माग र आग्रह लाई वेवस्ता गरे त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेदारी अहिले सत्तामा रहेका दलाल पुँजीवादीका नेताहरूले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।
हेर्नुहोस विज्ञप्ति:


















