गिनिजमा नेपाली पार्कर दिनेश सुनारले पाँचौ पटक लेखाए

373

काठमाडौं । नेपाली पार्कर खेलाडी दिनेश सुनार पाचौँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्।

यसअघि चार पटकसम्म विश्व कीर्तिमान राखिसकेका सुनारले ३० सेकेन्डमा १३ पटकसम्म ‘फूल ट्वीस्ट ब्याक फ्लिप’ गरेर पाँचौ पटक वल्र्ड रेकर्ड कायम गर्न सफल भएका हुन्। यो विधामा यसअघिको आठ पटकसम्मको कीर्तिमान उनले तोडेका छन्।

यस विधामा विश्व रेकर्डका लागि ३० सेकेन्डमा ८ पटकसम्म ट्वीस्ट ब्याक समरसल्ट हान्नुपर्ने भएपनि उनले त्यो भन्दा धेरै १३ पटकसम्म हानेका थिए।

यस अगाडि दिनेशले गतवर्षको जनवरी ५ मा अमेरिकामा नै ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’मा ४६० पटक ब्याक फ्लिप गरेर गिनिज बुकमा नयाँ रेकर्ड कायम गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here