अवैध लागूऔषध सहित पक्राउ 

175

काठमाडौं / काठमाडौंस्थित  सानो गौचरण बस्ने ३५ वर्षीय सुरज ढकाललाई लागूऔषध,नगद ४५ हजार रुपैयाँ र मोबाइल २ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले लागूऔषध बिक्री वितरण गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले ढकालको कोठा खानतलासी गर्दा उक्त लागूऔषध र नगद सहित प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here