साझा यातायातकाे सिईओ पदमा दोस्रोपटक आवेदन आह्वान

21

काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान भएको छ ।

पहिलोपटक गत पुस २९ गते खुला दरखास्त आह्वान गरेको साझा यातायातले पर्याप्त दरखास्त नपरेको भन्दै आज दोस्रोपटक आवेदन आह्वान गरेको हो ।

आवेदन दिने म्याद २१ दिन छ । आवेदन साझा यातायातको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरमा बुझाउन सकिने छ ।

पहिलोपटक दरखास्त आह्वान हुँदा जम्मा दुई जना (अर्घाखाँचीका यदुनाथ पौडेल र काठमाडौंका मिलन कुमार शाक्य)को मात्र आवेदन स्वीकृत भएको थियो ।

साझा यातायातको प्रमुख कार्यकारी अधिकृत सिफारिस कार्यविधि २०८१ मा कम्तीमा तीन जनाको दरखास्त पर्नुपर्ने उल्लेख छ । तोकिएको संख्यामा दरखास्त नपरे पुनः सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार आज दोस्रोपटक सूचना सार्वजनिक गरिएको हो ।

कार्यविधिमा सीईओ पदका लागि दरखास्त दिने उम्मेदवार मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको शैक्षिबक उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

साथै कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ, संस्थाको अधिकृत स्तरमा कम्तिमा राजपत्रांकित द्वितीय श्रेणी वा दशौं तह वा सो सरहको पदमा सात वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । त्यस्ता उम्मेदवारको उमेर ३५ वर्ष पूरा गरेको पनि हुनुपर्ने छ ।

हेर्नुहोस् पुनः दरखास्त आह्वानको सूचना –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here