कीर्तिपुर । कीर्तिपुर बहुउद्देश्य सहकारी लि. को आयोजनामा रक्तदान सम्पन्न भएको छ ।
चैत्र २ गते शनिवार कीर्तिपुर नगरपालिका वडा नं. ९ तगवःपि भएको रक्तदान कार्यक्रममा ३२ जना पुरुष र १२ जना महिला गरि कूल ४४ जनाले रक्तदान गरेकाे थियाे ।
कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाकाे सामाजिक उत्तरदायित्वहरु निर्वाह गर्ने क्रममा संस्थाले आफ्नो रजत वर्षको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएकाे थियाे ।
कीर्तिपुर बहुउद्देश्य सहकारीले बर्षको एक पटक रक्तदान लगायत विविध सामाजिक कार्य गदै आइरहेको छ ।