बझाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्मा गाउँपालिका-४
घर भई जयपृथ्वी नगरपालिका-९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ
प्रहरीले पक्राउ गरेको छ ।
पवनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला
प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















