नेपाली टाेलीले सिंगापुरसँग अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै

46

काठमाडाैं । एएफसी एसियन कप क्वालिफायरअघि नेपाली राष्ट्रिय फुटबल टिमले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा गर्दै छ ।

सिंगापुरमै हुने खेलअघि नेपाली टिमका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले आफूले बलियो प्रदर्शनको आशा राखेको बताए । रोस गत फागुन १८ गते भिन्चेन्सो अल्बर्टो एनेसको स्थानमा नेपाली टिमको मुख्य प्रशिक्षक चयन भएका थिए ।

‘हामीले घरमा दुई हप्ताको राम्रो प्रशिक्षण क्याम्प गर्‍यौँ । अब म हाम्रो टिमले बलियो प्रतिद्वन्दीविरुद्ध ठूलो मञ्चमा कसरी प्रदर्शन गर्नेछ भन्ने हेर्न उत्साहित छु । नेपालबाट बलियो प्रदर्शनको अपेक्षा छ । यो मेरो लागि हाम्रो स्तर कहाँ छ जान्ने अवसर पनि हो,’ खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक रोसले भने ।

यस्तै, नेपाली टिममा कप्तान तथा गोलकिपर किरण चेम्जोङले पनि आफ्नो टोली सिंगाविरुद्ध खेल्न तयार रहेको बताए । ‘प्रशिक्षकले भनेजस्तै हामीले दुई हप्ता राम्रो प्रशिक्षण गर्यौँ । हामी भोलिको खेल खेल्न उत्साहित छौँ । हाम्रो टिम तयार छ,’ उनले भने ।

सिंगापुर राष्ट्रिय रंगशालामा हुने यो खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेदेखि सुरु हुनेछ । यो मैत्रीपूर्ण खेलपछि नेपालले मार्च २५ मा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here