एन्फाका पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा

56

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा भएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले जानकारी गराए ।

उनले सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । जसका कारण संगठित फुटबलमा संलग्ननतामा प्रतिबन्ध भएका थापाले अब सबैखाले निलम्बनबाट फुकुवा भएको जानकारी गराएका हुन् ।

थापाले आफ्नो प्रतिबन्ध फुकुवा भए पछि नेपाली फुटबल सुद्धिकरणका लागि ठूलो आन्दोलन गर्ने घोषणा गरेका छन् । उनले अब फुटबलका आधिकारिक फोरममै गएर आफ्ना कुरा राख्ने बताएका छन् ।

प्रतिबन्धको १० वर्षे समयलाई अत्यन्तै चुनौतीपूर्ण रहेको बताउँदै थापाले त्यस अवधिमा आफूलाई साथ दिनेहरुप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै नेपाली फुटबलको विकास र विस्तारमा सधैं लागिरहने प्रतिबद्दता पनि जाहेर गरेका छन्। फिफाको प्रतिवन्ध हाल फुकुवा भए पनि २०७१ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाविरुद्धको मुद्दा तामेलीमा राखेको थियो।

अख्तियारले तत्कालिन एन्फा अध्यक्ष थापा र राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको पत्रमा थापाको मुद्दा हाललाई तामेलीमा राखिएको उल्लेख गरेको थियो । मुद्दा के कति कारणले तामेलीमा राखिएको भन्ने बारे अहिलेसम्म खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here