राजावादी प्रदर्शनका क्रममा लुटपाट गर्ने व्यक्तिहरू छुट्न थाले

44

काठमाडौं । गएको १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थालेका छन्।

कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरबाट स्याउ, रक्सी, लत्ताकपडा, कोल्डड्रिंक्स चोर्नेहरूलाई विभिन्न मितिमा प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाएको थियो। तीमध्ये ८ जना कसुरको मात्रा कम भएको भन्दै घर गइसकेका छन्।

जिल्ला अदालतले उनीहरूलाई हाजिर जमानीमा रिहा गर्न आदेश गरेपछि घर पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले बताए। उनीहरू विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइएको थियो। सोही ऐनअनुसार मुद्दा चलाइएका अन्य कसुरदार भने प्रहरी हिरासतमै छन्।

आगलागी, सवारी साधन तोडफोडजस्ता कसुरमा संलग्न व्यक्ति भने अहिल्यै रिहा नहुने एसएसपी अधिकारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here