अवदेखि नयाँ नियम लागू खोप कार्ड अनिवार्यदेखि २५ जनाभन्दा बढी भेला हुन् नपाइनेसम्म

116

काठमाडौं ।  कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा रोक लगाउन सरकारलाई सिफारिस गरिएको छ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ देखि सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले खोप कार्ड अनिवार्यदेखि २५ जनाभन्दा बढी भेला हुन् नपाइनेसम्मका १३ बुँदे निर्णय गरेको छ। उक्त निर्णय मन्त्रिपरिषदमा पेश हुनेछ। मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयनमा आउने छन्।

सीसीएमसीले खोप कार्ड नहुनेलाई आन्तरिक उडानमा समेत प्रतिबन्ध लगाउन भनिएको छ। अन्तर्राष्ट्रिय उडानमा भने ७२ घण्टा अघिको पीसीआर रिपोर्ट अनिवार्य गर्न भनिएको छ।

बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ।

माघ ३ गतेदेखि नै सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ।

सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ।

सीसीएमसी बैठकले भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने र राजनीतिक कार्यक्रम तथा मेला महोत्सव नगर्न समेत आग्रह गरेको छ।

यस्ता छन् १३ बुँदे सिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here