अब हरेक शुक्रबार नेपाल मेडीसिटीमा निः शुल्क मुटु परामर्श, थप परीक्षणमा विशेष सहुलियत

123

काठमाडौं / नेपाल मेडीसिटी अस्पतालले नयाँ वर्ष २०१९को उपलक्ष्यमा प्रत्येक शुक्रबारको दिन बिहान ९ बजेदेखी दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञहरुसंग निःशुल्क परामर्शको अवसर प्रदान गर्ने भएको छ ।मुटुरोगको परामर्शको आवश्यकतालाई मध्यनजर गरी अस्पतालले सर्वसाधारणका लागि विशेष अभियान सञ्चालन गरेको हो ।

अधिकांश मानिसमा मुटुरोगको लक्षण महशुस नहुने र समस्या हुँदाहुँदै पनि त्यसबारेमा अवगत नहुने भएका कारण मुटु सम्बन्धि समस्या यामुटुरोग बढ्दै गएका कारण यो अभियानले बेलैमा समस्याको पहिचान र उपचारमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपाली समुदायमा अझैपनि समस्या नदेखिएसम्म अस्पतालमा उपचार गर्ने अभ्यास नरहेकाले स्वस्थ अवस्थामा पनि उपचार गरी ढुक्क रहन यस अभियानले प्रेरीत गर्नेमा अस्पतालका मुुटुरोग विशेषज्ञहरुकोअपेक्षा रहेको छ ।

मुटु सम्बन्धि समस्याको परामर्शका लागि आउनुपूर्व नाम दर्ता गर्न नेपाल मेडीसिटी अस्पतालको व्यस्थापनले अनुरोध गरेको छ । परामर्शसंगै थप परीक्षण गर्नुपर्ने खण्डमा अस्पताललविशेष सहुलियत समेत प्रदान गर्नेछ । सो परीक्षणहरुमा इसिजी, इको, ¥याण्डम ब्लड सुगर, लिपिड प्रोफाइल, र क्रिएटिनाइन् रहेका छन् ।

आगामी ३ महिनासम्मका लागि लागुुहुने यस अवसरबाट मुख्यतः ४० वर्ष उमेर माथीका जोकोहिले पनि लाभ लिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here