नेप्से परिसूचक ६.५९ अंकले ओरालो लाग्याे

45

काठमाडौं  ।  नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से ओरालो लागेपनि सेयर कारोबार अघिल्लो दिन (सोमबार) को तुलनामा बढेको छ।

यसदिन नेप्से परिसूचक ६.५९ अंकले ओरालो लागेर १८९७.८६ विन्‍दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स  ०.३६ अंकले घटेको छ।  आज २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर १ अर्ब २३ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन सोमबार ७७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। सो दिन नेप्से २१.२६ अंकले उकालो लागेको थियो।  कारोबारमा आएका १३ समूहमध्ये ३ को सूचक वृद्धि भएको छ भने १० को घट्यो। बैंकिङ, नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको सूचक उकालो लाग्दा डेभलपमेन्ट बैंक, फाइनान्स र मनु एन्ड प्रो समूहको सूचक १ प्रतिशत बढिले घट्यो।  यसदिन कुनै पनि कम्पनीको  सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन।  सिटिजन म्युचुअल फन्डको सेयर मूल्य ८ प्रतिशतले बढ्यो।

१ अर्ब बढिको सेयर कारोबार भएको बजारमा  तारा गाउँ रिजेन्सीको सेयर ८.५६ प्रतिशत र सिकलेस हाइड्रोपावरको ८.४२ प्रतिशतले घट्यो।  कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड २२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।  लाइफ इन्स्योरेन्सको ६ करोड र नेपाल दूरसंचार कम्पनीको ४ करोड बढिको सेयर कारोबार गरी क्रमश; दोस्रो र तेस्रो स्थानमा रहे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here