कैयन् दशकदेखि फ्याँकिएको फुटेको अवस्थामा रहेको उक्त पुरानो फूलदानी अन्ततः ६६ हजार डलर अर्थात् करिब ९० लाख रुपैयाँमा लिलाम भएको छ ।
लण्डनस्थित चिसविक लिलाम गृहका डिजाइन प्रमुख मेक्सिन विनिंगका अनुसार उक्त फुटेको फूलदानी बिक्री गर्ने मानिसलाई त्यो बेकारको भाँडोको मूल्य त्यतिधेरै पर्ला भन्ने कल्पनै थिएन ।
चार फिट अग्लो उक्त फूलदानी उनले बनाएको सबैभन्दा अग्लो सेरामिक कलाकृतिमध्ये एक थियो ।
उक्त फूलदानी वास्तवमा सोही घरकी मालिकले वर्षौं अघिसम्म निकै सम्हालेर राखेकी थिइन् । कैयन् वर्षसम्म उनले त्यसलाई आफूसँगै राखेपनि एकदिन दुखद् रुपमा त्यो क्षतिग्रस्त भयो । तर, त्यसलाई फ्याँक्नुको साटो उनले जोडजाड पारेर लण्डनस्थित आफ्नो घरको पछाडि रहेको बगैंचामा फूलदानीकोरुपमा राखिन् ।
महिलाको निधन पश्चात् उनका नाती नातिनाहरुलाई उनको घरका सबै चिजहरु अपुतालीको विरासतको प्राप्त भए । त्यसमध्ये बगैंचामा फ्याँकिएको उक्त फुटेको फूलदानी गमला पनि थियो । ती महिलाका नातीलाई त्यो भाँडो अनौठो तथा पुरातात्विक जस्तो लाग्यो त्यसैले उनले त्यसको मूल्यांकनका लागि चिसविक लिलामगृह सँग सम्पर्क गरे ।
लिलामघरका विशेषज्ञ जो लोयडले उक्त फूलदानी भएको ठाउँको स्थलगत भ्रमण गरे । त्यसक्रममा उनले फूलदानी दुई अलग अलग हिस्सामा रहेको र त्यसमा बिरुवा हुर्किरहेको पाए । त्यसैले त्यस भाँडोलाई शंखेकिराले छपक्कै छोपेका थिए ।
त्यसपछि उनले त्यो फूल्दानीलाई भित्र ल्याए । त्यसको वास्तवमा खराब तरिकाले मर्मत गरिएको रहेछ । त्यसको माथिल्लो भाग हराउनुका बाबजुत फूलदानी आफ्नो शैलीमा निकै विशिष्ट थियो । तल्लो भागमा अहिले पनि तामाको सिल लगाइएको थियो ।
उक्त फूलदानी पुरातात्विक हुनुका बाबजुत त्यो फुटेको हुनाले लिलामघरले त्यसको मूल्य ७ हजार ९०० डलरदेखि १३ हजार २३३ डलरको बीचमा राख्यो । तर, त्यो फूलदानीले यतिधेरै रुचि पैदा गर्यो कि अन्य इच्छुक मानिसहरुबीचमा यसमाथि बोली लगाउने प्रतिस्पर्धा नै चल्यो । अन्ततः एकजना अमेरिकीले यसलाई ४८ हजार ३१० मा बेचिदिए ।
तर, शुल्क लगायतका शीर्षकहरु जोड्दा क्रेताले यसका लागि ६६ हजार डलर तिर्नुपर्यो ।
यो फूलदानीलाई आफ्नो पूर्व स्वरुपमा ल्याउनका लागि १० हजार ५०० डलर खर्च हुने लोयड बताउँछन् ।


















