नेपाली वैज्ञानिक डा.ध्रुव खड्का जापानमा पुरस्कृत

277

काठमाडाैैं नेपाली युवा वैज्ञानिक डा.ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा गरेको उत्कृष्ट अनुसन्धानको लागि जापानमा पुरस्कृत भएका छन।

डा.खड्कालाई जापानको चुकुबास्थित एक प्रतिष्ठित अनुसन्धान सस्थान नेशनल इन्स्टिच्युट फर मटेरियल्स साइन्सले उत्कृष्ट अनुसन्धान गरेको भन्दै पन्ध्रौ प्रेसिडेन्ट अवार्ड फर एड्भान्सेस इन साइन्स एण्ड टेक्नोलोगी फर यंग साइन्टिस्ट प्रदान गरेको हो।

जापानको विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको यस अनुसन्धान सस्थानले पदार्थ विज्ञानका विभिन्न अनुसन्धान केन्द्रहरुमा कार्यरत युवा वैज्ञानिकहरु मध्येबाट प्रत्येक वार्षिक रुपमा उत्कृष्ट अनुसन्धानकर्ताहरुलाई यो पुरस्कार प्रदान गर्दछ। बहुउपयोगी पदार्थ हेलाइड पेरोभस्काइट प्रयोग गरि सौर्य उर्जाबाट विधुत उर्जा निकाल्दा आउने चुनौति बारे गरेको गहन अनुसन्धान गरे वापत डा.खड्कालाई पुरस्कृत गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागबाट स्नाकोत्तर खड्का इन्चन नेसनल विश्वविद्यालय दक्षिण कोरियाबाट सन् २०१६मा विद्यावारिधी गरी हाल जापानको चुकुबासिटिस्थित राष्ट्रिय अनुसन्धान सस्थानको स्वच्छ उर्जा केन्द्रमा स्टाफ साइन्टिस्ट रहेका छन। उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका स्थायी घर भएका डा. खड्काले सौर्य उर्जासग सम्बन्धित विभिन्न पदार्थहरुको बारेमा दर्जनौ अनुसन्धान लेखहरु प्रकाशित छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here