काठमाडौं – कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको १७ औं दिनमा अन्य दिनको तुलनामा उपत्यकामा उल्लंघनका घटना बढेका छन्।
महानगरिय प्रहरी महाशाखाका अनुसार बिहिबार नियमका उल्लंघन गर्नेमा दुई सय भन्दा बढी महिलाहरु रहेका छन भने अन्य सबैै पुरुष हुन ।
सरकारले लकडाउनको समय अवधि थप गरेसंगै नियमको पालना गराउन चार हजार भन्दा बढि प्रहरी सडकमा खटाइएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर हिँड्नेलाई नियन्त्रणमा लिदै आएको प्रहरीले उल्लंघनका घटनामा कमि ल्याउन तीन घण्टा सडकमै उभ्याउने समेत जनाएको छ ।
साथै,नक्कली पास बनाएर हिँड्ने गरेको भेटिएपछि प्रहरीले सवारी कागजपत्र अनुसारको पास हो वा होइन सो समेत चेक गर्दे आएको जनाएको छ ।

















