यूएईका परराष्ट्रमन्त्री अल नाह्यान आज नेपाल आउँदै

55

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज नेपाल आउँदै छन्।

उनको यो भ्रमण परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाल बाहिर रहँदा हुन लागेको हो।

शेख अब्दुल्लाहको यो भ्रमण नेपालपछि पाकिस्तान र श्रीलङ्का पनि पुग्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लगायतका उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गर्नेछन्।

यूएई हाल नेपालको प्रमुख वैदेशिक रोजगारी गन्तव्य मुलुकमध्ये एक हो। यस भ्रमणले दुई देशबिचको आपसी सम्बन्ध थप मजबुत बनाउने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here