काश्मीर घटनापछि भारत फर्किए मोदी

36

एजेन्सी । २६ जनाको ज्यान जाने गरी जम्मु काश्मीरमा भएको आतङ्कवादी हमला पछि साउदी अरेबियाको भ्रमण छोट्याएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कीएका छन् । उनी भर्खरै नयाँ दिल्ली विमानस्थलमा अवतरण गरेको भारतिय सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।

साे घटनालाई लिएर भारत र संसारभर नेताहरूले दुःख व्यक्त गरिरहेका छन् बेलायती प्रधानमन्त्री केइर स्टरमरले घटनामा ज्यान गुमाउनेमा समवेदना व्यक्त गरेका छन् ।

काश्मीरमा मुख्य मन्त्री ओमार अब्दुल्लाहले सो घटनालाई अमानवीय र पाशविक भनेका छन् । पर्यटकीय क्षेत्रमा भएको सो हमलामा मर्नेहरूको विवरण आउने क्रम सुरु भएको छ ।

कति जनाले त पारिवारिक भ्रमणमा गएको समयमा नै आफन्त गुमाएका छन् । ओढीषाका प्रशान्त कुमार साम्पाथी बिदा मनाउन श्रीमती र बच्चासहित कश्मीर पुगेका थिए। उनको टाउकोमा नै गोली लागेको उनकी श्रीमती प्रियदर्शनीले बताएकी छिन् ।

पालङघमको सो घटनापछि मंगलबार नै मैनबत्ती बालेर दिवङ्गतलाई शोक व्यक्त गरिएको छ । मन्दिरमा जानेसमेत डराइरहेका छन् । घटनामा परी नेपाल एक युवाले समेत ज्यान गुमाएका छन् । नेपालको बुटवल घर भएका सुदीप न्योपानेको ज्यान गएको पुष्टी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here