नेप्से परिसूचक सामान्य अंकले बढ्याे

47

काठमाडौं ।  नेप्से परिसूचक सामान्य अंकले बढेको छ। चार दिनसम्म लगातार घटेको सेयर बजार बिहीबार भने सामान्य अंकले बढेको हो। आज नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेको छ।

आज ३०८ स्क्रिप्सको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ रुपैयाँमा खरिदबिक्री भए। यसदिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर ९.९९ प्रतिशतले बढ्यो। नेपाल हाइड्रो डेभलपर्सको ७.१२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७० करोड ३४ लाख बराबरको सेयर कारोबार भयो।बैंकिङ, हाइड्रो, इनभेस्टमेन्ट, मेचुअल फन्ड र ट्रेडिङ समूहका उपसूचक बढेका छन्। बाँकी समूहका उपसूचक भने घटेका छन्। आज इन्भेस्टमेन्टतर्फ लगानी कर्ताको आकर्षण बढेको छ। यस उपसूचक २.४९ प्रतिशतले बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here