निराशा मौलाउँदै गएकाेबारे गम्भीरताका साथ सोच्नु पर्छ : सांसद गोकर्ण विष्ट

50

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले जनतामा देखिएको निराशा र मौलाउँदै गएका विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई दलीय हैसियतमा सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् ।

‘के कारणले जनतामा निराशा पैदा भइरहेको छ, के कारणले विरोधका स्वरहरू मौलाइरहेका छन्, यो सवालमा गम्भीरताका साथ सोच्नुपर्दछ,’ सांसद विष्टले भने, ‘ठण्डा दिमागले हामीले हाम्रा कमजोरीहरूलाई पहिचान गर्न जरुरी छ । कहीँ कमजोरी छ भने ती कमजोरीहरूलाई आत्मसात् गरेर सुधार गर्नुपर्ने छ ।’

लोकतन्त्रमा कमजोरीहरूलाई आत्मसात् गरेर लोकतान्त्रिक अध्यासद्वारा नै सच्याउन सकिने भन्दै उनले राजावादी शक्ति लोकतान्त्रिक अध्यासको खिलाफमा हर्कत गरिरहेको भन्दै आपत्ति जनाए ।

‘लोकतन्त्रले कमजोरीहरूलाई आत्मसात् गरेर लोकतान्त्रिक अध्यासद्वारा नै सच्याउन सक्दछ । आज केही कमजोरीहरूलाई औँल्याएर अथवा जनताको अपेक्षा र विकास प्रक्रियाका बीच रहेको अन्तरलाई उछालेर फाइदा उठाउँदै आज केही अस्थिरता र अराजकता निम्त्याउन चाहने शक्तिहरू अर्थात् जन्मसिद्ध शासकीय अधिकारलाई आदर्श मान्ने शक्तिहरू आज लोकतान्त्रिक अध्यासको खिलाफमा हर्कत गरिरहेका छन्,’ सांसद विष्टले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here