सुनको मूल्य तोलामा १ हजारले घट्यो

34

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो ।

बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । बिहीबार तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here