विदेशमा सिकेका सीपलाई देश विकासमा योगदान गर्न आग्रह

33

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सिकेका ज्ञान र सीपलाई स्वदेशमा प्रयोग गरी देश विकासमा योगदान गर्न प्रवासी नेपालीहरुलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुक बाहिर रहेर पनि देश र जनताको चासो राखेको भन्दै विभिन्न कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको प्रशंसा गरे।

उनले विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरुप्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले विदेशमा रहेका नेपालीलाई नेपालको वा सम्बन्धित देशको कानूनले पारेको समस्याका बारेमा नयाँ कानून बनाएर समाधान गर्न प्रयास गर्ने जनाए।

उनले विदेशमा रहेर नेपाली कांग्रेससँग आवद्ध नेपालीहरुलाई पार्टीको महाधिवेशनलगायतका कार्यक्रमहरुमा प्रतिनिधित्व गराएको बताए। अमेरिका तथा भारतमा रहेका प्रवासी नेपालीलाई पार्टीको केन्द्रीय सदस्यमा प्रतिनिधित्व गराएको भन्दै युरोपलगायत कतिपय छुटेका देशबाट पनि पार्टीमा प्रतिनिधित्व गराउने उनको भनाइ छ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विदेशमा रहेका शिक्षित नेपाली नागरिकले सहयोग गर्नुपर्ने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here