क्यालिफोर्निया राज्यको सिमी भ्यालीमा सानो प्लेन दुईवटा घरमा खस्याे

36

एजेन्सी ।अमेरिकाको क्यालिफोर्निया राज्यको सिमी भ्यालीमा एउटा सानो प्लेन दुईवटा घरमा खसेको छ।

यस दुर्घटनामा विमानमा सवार दुई जना मानिस र एक घर पालुवा कुकरको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको हो।

यो दुर्घटना स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजेर १० मिनेटमा भएको प्रहरीले जानकारी दिएको छ। घरमा विमान खस्ने बित्तिकै आगलागी भएको थियो।

दुर्घटनाको समयमा मानिसहरू घरमा नै भए पनि उनीहरूलाई सुरक्षित उद्धार गरिएको थियो। भेन्चुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार तत्कालै आगोलाई नियन्त्रणमा लिइएको थियो।

सिमी भ्याली प्रहरीका अनुसार विमानमा सवार कोही पनि जीवित रहेनन्। फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार चार सिट भएको सिंगल इन्जिन विमान ल्यांकेस्टरको विलियम जे फक्स एरफिल्डबाट कामारिलो विमानस्थलका लागि उडेको थियो। घटनाबारे अनुसन्धान भइरहेको एफएएले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here