तिनकुने घटनामा संलग्न थप एक पक्राउ

78

काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तिनकुने घटनामा संलग्न थप एक जना पक्राउ परेका छन्

तिनकुने क्षेत्रमा राजावादीहरुको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडको घटनामा संलग्न भएको भन्दै प्रहरीले खेमराज सेढाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी प्रहरी उपरीक्षक अपिल राज बोहोराले जानकारी दिएका छन् ।

राज संस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार समेत रहेका ७२ बर्षिय सेढाईलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here