काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपा एमालेका सांसद सुर्य थापाले नेपालको इतिहाससँग राजनीतिक अस्थिरताको इतिहास पनि जोडिँदै आएको जनाएका छन् ।
प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले राजनीतिक अस्थिरता नेपालको ऐतिहासिक समस्याको रुपमा रहँदै आएको जनाएका हुन् ।
सँधै अस्थिरताको अनुभवको बानी अहिले पनि छचल्किने गरेको उनले बताए । अस्थिरताकै कारण पञ्चायत आएको र पञ्चायत ढलेपछि पनि स्थिरता प्राप्त गर्न नसकेको जनाए । संख्यात्मक हिसावले हाल मुलुकमा सरकार बलियो रहेको थापाको भनाइ थियो । तर, सरकार ढाल्ने प्रयास भइराखेको भनेर नेताहरूले भनिरहेको पनि स्मरण गरे ।
अघिल्लो सरकारले पाकिस्तानी मोडेलमा अस्थिरता निम्त्याउन खोजेको उनले आरोप लगाए । अर्कोतर्फ वंशको आधारमा शासन गर्न चाहनेहरूले पनि अस्थिरता चाहिरहेको जनाए ।


















