काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले थानकोट–चित्लाङ सडक बन्द गर्न लागेकोप्रति चासो देखाएको छ । सरोकारवाला पक्षसँग गहन परामर्श नगरी सडक बन्द गर्न लागेको प्रति विश्वविद्यालयका अध्यक्ष प्रा.राजेन्द्रध्वज जोशीले आपत्ति जनाएका छन् ।
सडक बन्द गर्दा शैक्षिक तालिका (क्यालेन्डर) प्रभावित हुने र कार्यान्वयन हुन नसक्ने विश्विद्यालयले जनाएको छ ।
‘सडक बन्द गर्ने जस्तो संवेदनशील विषयमा सडक बन्द गर्दा पर्ने प्रभाव र वैकल्पिक उपायको समेत गहन विश्लेषणविना विश्वविद्यालयको असहमतिका बाबजुद सडक बन्द गर्न सिफारिस गर्ने निर्णय बैठकबाट गराइयो । बैठकको प्रकृति हेर्दा रित पुर्याउन मात्र बैठक आयोजना गरिएको स्पष्ट देखिन्थ्यो,’ विज्ञप्तिमा छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको चित्लाङमा छ ।


















