अर्थमन्त्री पौडेल र माकेका अध्यक्ष प्रचण्डबीच भेट

50

काठमाडौं। एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।

मंगलबार विहान मन्त्री पौडेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफल जारी रहेका बेला अर्थमन्त्री पौडेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रचण्डले सोमबारको बैठकमा आलोचना गरेका थिए।

सरकारले बजेट ल्याउने तयारी गरिरहेका बेला अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका नेतालाई भेटेका हुन्। उनीहरुबीच सरकारले ल्याउन लागेको बजेट र अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ। यसैक्रममा अर्थमन्त्री पौडेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच हार्दिकता देखिएको छ। कतिपयले उनीहरुको हार्दिकतालाई राजनीतिक गतिविधिसँग जोडेरसमेत हेरेका छन्। त्यसको भोलिपल्ट अर्थमन्त्री पौडेलले प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here