रेशम चौधरी पक्राउको निष्पक्ष छानविन गर्न माग

51

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउसम्बन्धी घटनाको निष्पक्ष छानविन गर्न माग गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै अध्यक्ष श्रेष्ठले बैशाख १७ गते सर्वोच्च प्रशासनको मनोमानीका कारण रेशम चौधरीलाई पक्राउ गरि केहीबेर कारागारमा राखिएको भन्दै निष्पक्ष छानविन गर्न माग गरेकी हुन्।

रेशम चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफ समेत आउनुपर्ने उनले बताइन्। अध्यक्ष श्रेष्ठले रेशम चौधरीको गिरफ्तारी एक व्यक्तिको मात्रै बिषय नभएको उल्लेख गर्दै यसका कारण समग्र संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको जनाइन्।

उनले लोकतन्त्रप्रति विश्वास कायम रहदै सत्यप्रति सरकारको जवाफ टुट्न नहुने उल्लेख गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here