विद्यार्थी संख्या बढाउन भेडालाई विद्यालयमा भर्ना

116

फ्रान्स / युरोपेली राष्ट्र फ्रान्समा अनौठो घटना घटेको छ । एउटा प्राथमिक विद्यालयमा केही कक्षाहरु बन्द हुने कुरा चलिरहेको बेला २ सय ६१ जना विद्यार्थी भएका छन् । विद्यार्थीहरुको संख्या कमीआएसँगै अभिभावकहरुले ‘किन विद्यालयमा विद्यार्थीको संख्या कम भयो ?’ भनेर प्रश्न सोधपुछ गरेपछि अभिभावकहरुको उक्त गुनासोलाई ध्यानमा राख्दै विद्यालयले १५ वटा भेँडालाई विद्यालयमा भर्ना गरेको छ ।

क्रेत्स अन बेलडोन सहरमा रहेको प्राथमिक विद्यालयको खबर हो यो । उक्त सहरको जनसंख्या जम्मा ४ हजार छ ।
विद्यार्थीको संख्या कम भएर कक्षाहरु नै घटनाउनुपर्ने अवस्था आएको बेला स्थानीय एकजना भेडा किसान उद्धारक बनेर देखा परे । उनले विद्यालयलाई आपूmसित भएका १५ वटा भेडा दिन प्रदान गरे थिए ।

भेडालाई विद्यालयमा भर्ना गरे पश्चात भेडाको जन्मदर्ता प्रमाणपत्र पनि पेश गरिएको छ । गेल लावेल नामका एक अभिभावकले यसरी विद्यालयमा भेडा भर्ना गर्ने विचार दिएका थिए । हाल विद्यालयमा ११ कक्षा रहेको छ । कक्षालाई घटाएर १० बनाएपछि उनले विरोध गरे । एउटा कक्षा घटाउँदा हरेक कक्षामा विद्यार्थीको चाप बढ्ने र विद्यार्थीको पढाइमा असर पुग्ने दाबी उनले गरेका थिए । त्यसपछि उनले कूल विद्यार्थी संख्या बढाउनका निम्ति भेडालाई विद्यालयमा भर्ना गर्ने प्रस्ताव राखे ।जस कारण कक्षाको संख्या घटाउनु नपरोस् र कक्षामा विद्यार्थीको अनुपात नबिग्रियोस् । उनको प्रस्तावलाई सहरका मेयर ज्याँ लुई मेरेले पनि स्विकारेका छन् । मेयरका बच्चाहरुले पनि सोही विद्यालयमा पढ्ने गर्दछन् । उक्त विद्यालयमा भेडाहरु समेत आउन थालेपछि विद्यार्थीहरु समेत रमाउन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here