दुई जहाज आकाशमै जुधेर ५ यात्रुको मृत्यु

83

एजेन्सी / अलास्काको आकाशमा दुई जहाज जुधेका छन् । जहाज हावामै ठोक्किँदा ५ जना यात्रुको ज्यान गएको छ  घटनामा १० जना अन्य घाइते भएका छन् । घटना पश्चात एकजना बेपत्ता छन्। दुई जहाज सि प्लेन (पानीमा उत्रिन सक्षम) थिए। दुवैमा रोयल प्रिन्सेस क्रुजका यात्रु सवार भएका थिए । यहाँ घुम्न आएका उनीहरुलाई हवाई सयर गराउने क्रममा दुर्घटना भएको हो। अमेरिकन स‌ंघीय नागरिक प्रशासनका अनुसार कुन केव इलाका नजिकै द हेविल्यान्ड डिएचसी—२ बिवर र द हेविल्यान्ड अटर डिसी—३ विमान आपसमा ठोक्किएका हुन्। दुर्घटनाको कारण खुलेको छैन। बिवरमा ५ र अटरमा ११ जना सवार भएका थिए। बिवरमा सवार सबै यात्रुको ज्यान गएको थियो। एटीसीको सम्पर्क बाहिर एफएएका अनुसार दुर्घटनका बेला दुवै जहाज एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सम्पर्कमा थिएनन्। नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले यसको जाँच थालेको छ। प्रिन्सेस क्रुजका तर्फबाट निकालिएको विज्ञप्तिमा घाइते १० यात्रुलाई उपचारका लागि अस्पताल लगिएको छ। समाचार अनुसार दुर्घटनका बेला बाक्लो बादल लागेको थियो। बादलसँगै प्रतिघण्टा १४ किमि प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो। क्रुजका अधिकारीले यो घटनाबाट आफूहरु स्तब्ध भएको बताएका छन्। घाइतेहकरुको उपचारमा कम्पनीले सहयोग गर्ने भएको छ। रोयल प्रिन्सेस शनिवार भ्यान्कुबरबाट हिँडेको थियो। यो १८ मे भित्र एङ्कोरेज पुग्नुपर्ने थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here