एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु

85

काठमाडौं  । जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका भेडाबाख्राहरुमा खोप दिन लागिएको हो। सोमबारदेखि सुरु भएको खोप अभियान एक सातासम्म चल्नेछ।

बाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि यो खोप दिने गरिएको उहाँले बताउनुभयो । केन्द्रले निःशुल्क खोप उपलब्ध गराउँदै आएको छ। पिपिआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो ।

नेपालमा आर्थिक वर्ष २०५०/५१ सालमा पहिलो पटक देखापरी त्यसपश्चात् यस रोगको प्रभावले ठूलो क्षति बेहोर्नु परेको थियो। यो रोगबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न आव २०५८/५४ देखि खोप सेवा सञ्चालन हुँदै आएको उनले जानकारी दिए।

रोगी भेडाबाख्राको प्रत्यक्ष सम्पर्कमा आउनाले वा विषाणुको लसपस भएको दाना, घाँसपात, सोत्तर, हेरचाह गर्ने व्यक्तिको माध्यमबाट सर्ने गर्दछ । यो रोग लागेका बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने र उग्राउन छाड्ने जस्ता लक्षण देखापर्ने न्यौपानेले बताए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here