यता अल कायदासँग आफूहरुको कुनै पनि सम्बन्ध नरहेको भन्दै तालिबानीहरुले अमेरिकालाई विश्वस्त गरिरहेको बताइएका बेला उता ती सयुक्त राष्ट्रसघीय अधिकारीले यी दुई बीच सम्बन्ध रहेको सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।
हाल तालिबानीहरु अमेरिकाको मध्यस्थतामा अफगानिस्तानको सरकारसँग शान्ति वार्तामा रहेका छन् । उनीहरु शान्ति वार्तामा रहेका बेला यो कुरा सार्वजनिक भएको जनाइएकाे छ ।


















