पूर्वमन्त्री नेपालको निधन भएकाले शोक प्रस्ताव पारित

51

काठमाडाैं । पूर्वमन्त्री प्रदीप नेपालको निधनमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ।

बुधबार (आज) बसेको बैठकले नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको हो। बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि बोल्ने क्रम सकिएपछि सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गरेका थिए। यसपछि प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

नेपालको मङ्गलबार (हिजो) काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो। लामो समय एमालेको राजनीति गरेका उनले २०२६ सालतिरबाट राजनीतिक यात्रा सुरु गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here