काठमाडौं । धनुषा, कमला नगरपालिका-५ बस्ने राम कुमार सहनीको घरमा शनिबार दिउँसो लागेको आगो फैलिएर घर नजिकैको पसल, सोही ठाउँ बस्ने ४० वर्षीय श्रवण सहनीको घर, २८ वर्षीय विरेन्द्र सहनीको घर, २५ वर्षीय दिलिप कुमार सहनीको घर, ६१ वर्षीय बिहारी सहनीको घर, ६५ वर्षीय सोनेलाल सहनिको घर, फुलकुमार सहनीको घर र सिताराम सहनीको घर समेत जलेर करिब २७ लाख ५४ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ, उर्लाबारी नगरपालिका-९ नेगी टोल बस्ने टेक बहादुर कार्कीको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । भोजपुर, हतुवागढी गाउँपालिका-९ थुम्की टोल बस्ने ५५ वर्षीय टंक बहादुर राईको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-८ जडै बस्ने गोबिन्द बुढाको गोठमा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । लमजुङ, राईनास नगरपालिका-७ बाङगेचौर बस्ने बिर बहादुर नेपालीको गोठमा शनिबार बेलुकी आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । गोरखा, आरूघाट गाउँपालिका-३ घिनु बस्ने ५७ वर्षीया यानिमाया वरामको कच्चि घरमा शनिबार साँझ आगलागी हुँदा घर पुर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।


















