वर्षायाममा भयावह परिस्थिति सिर्जना हुनसक्नेतर्फ ध्यानाकर्षण

22

काठमाडौं । सांसद ऋषिकेश पोखरेलले मोरङमा गत वर्षको वर्षायाममा क्षतिग्रस्त ठाउँहरु अहिले पनि उस्तै रहेको भन्दै पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा पोखरेलले मोरङ जिल्लामा रहेका उत्तर–दक्षिण बग्ने विशेषत आठवटा खोलाहरु, रतुवा, मावा, बक्राहा, डाँस, चिसान, लुहान्द्रा, सिंगिया र केसलियाको बाढीले अघिल्लो वर्ष भत्किएका ठाउँहरु र कटानले बिगारेका ठाउँहरु अहिलेसम्म अलपत्र अवस्थामा रहेको भन्दै ध्यानाकर्षण गराए ।

उनले फेरि वर्षायाम सुरु हुन लागेकाले भयावह परिस्थिति सिर्जना हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

‘त्यसकारण सभामुखमार्फत् नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु, तत्काल त्यो अघिल्लो वर्ष कटान भएका क्षेत्रहरुको प्राथमिक उपचार र आगामी वर्षका लागि आवश्यक र उपयुक्त बजेट छुट्याइ ती खोलाहरु नियन्त्रण गर्नका निम्ति म जोडदार माग गर्दछु,’ पोखरेलले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here