काठमाडौं । सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी बढाइएकाले बजार अनुगमन गर्न सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारी रुपमा आगाडि बढाउन माग गरे । सांसद घनश्याम रिजालले दोलखाको भीमेश्वर नगरपालिकाको ‘दोलखा चलचित्र नगरी’ योजना अधुरै रहेको उल्लेख गर्दै समयमा नै सो कार्य अगाडि बढाउन आर्थिक वर्ष २०८२-८३ मा आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गरे ।
सांसद मनरुपा शर्माले शान्तिप्रक्रियाको बाँकी काम समयमा नै टुङ्ग्याउन आग्रह गरिन्। सांसद रुक्मिणी कोइरालाले कोशी प्रदेशका विभिन्न जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको पहलका लागि अनुरोध गरे ।


















