मखनटोलमा ग्यास चुहिएर भएको आगलागी नियन्त्रणमा

20

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर भएको आगलागी नियन्त्रणमा आएको छ ।

ग्यास चुहिएर भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। उनको सनाखत हुन बाँकी छ ।

आगलागी दयारामको घरसँगै जोडिएको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि सल्किएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here