महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेशन पेश

39

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेशन पेश गरेको छ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रत्येक आर्थिक वर्षको महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सोही व्यवस्थाअनुसार रायाले राष्ट्रपतिलाई आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here