दुग्ध ढुवानी सहज बनाउन माग

156

काठमाडौं । नेपाल डेरी एसोसियसनले दूध तथा दुग्धजन्य पदार्थ ढुवानीका लागि सवारी साधनमा जोर बिजोर प्रणाली नराखी र बिना रोकतोक सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् ।

एसोसियसनले यसअघि निषेधाज्ञामा तोकिएको समयभित्र बिना रोकतोक आवतजावत गर्न दिइएको थियो । तर असार ८ गतेबाट लागू गरिएको नियमअनुसार गाडीमा जोरबिजोर प्रणालीले दुग्धजन्य पदार्थ ढुवानीमा रोकतोक भई समस्या आएकाले सहजीकरण गरिदिन अनुरोध गरिएको छ । एसोसियसनले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘जुन बालकदेखि वृद्धासम्म, जन्मेदेखि मृत्युसम्म सबै समय सबैका लागि अनिवार्य नभइ नहुने अत्यावश्यक खाद्य पदार्थ ओसार पसार गर्ने ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक जोरबोजोरको कारण देखाई सुरक्षा निकायबाट ठाँउ–ठाँउमा अवरोध भएकोले नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर परेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here