सन्दीप सम्झौतामा नबस्ने निर्णय स्वेच्छाको विषय

21

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय उनको आफ्नो स्वेच्छाको विषय भएको टिप्पणी गरेका छन् ।

एक पत्रकारसँगको अन्तर्वार्ताका क्रममा उनले सन्दीप व्यवसायिक हुन खोजेको र आफूलाई अर्को चरणमा लान खोजेको उल्लेख गरेका हुन् ।

‘उहाँले गर्न सक्ने विज्ञापनहरूमा तथा फ्रेन्चाइज टिमसँग गर्ने लेनदेनको कुराहरूमा अलिकति अन्य खेलाडीभन्दा छुट हुन सक्छ’ उनले भनेका छन्, ‘तर सम्झौतामा नबस्दा पनि टिमको कोड अफ कन्डक्ट चाहिँ पालन गर्नैपर्ने हुन्छ।’

यसअघि गएको बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका सन्दीपले आफू यसपटक क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका थिए।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका थिए।

‘जीवन निरन्तर बदलिंदै जाने यात्रा हो। म क्रिकेटसँगै जीवनका नयाँ आयामहरूमा समेत अघि बढ्न उत्साहित छु’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका थिए ।

हाल उनी नेपाली टोलीसँगै युके पुगिसकेका छन् र त्यहाँको अभ्यसपछि स्कटल्याण्ड गएर लिग २ शृंखला पनि खेल्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here