कांग्रेस माकेसँग सहकार्य नगर्ने पक्षमा

24
नेका संसदीय दलको बैठकमा सहभागी सदस्यहरु काठमाडौँ, ३ जेठः नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा शनिबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सहभागी सदस्यहरु। तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । सत्ता साझेदारी दल नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर नजाने पक्षमा उभिएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माओवादी केन्द्रसँग सहकार्य गरेर नजाने पक्षमा उभिएकाे हाे । साेही बिषयमा कांग्रेसले योजना नरहेको प्रष्टीकरण दिए । ‘माओवादीसँग गठबनधन गरेर जाने भन्ने कुनै पनि योजना र एजेन्डा छैन ।

प्रतिपक्षी दलका नेताहरूसँग भेटघाट, कुराकानी, फोन संवाद त हुन्छ नै,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभापति शेरबहादुर देउवासँग गरेको टेलिफोन वार्ताबारे सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘यो कुरालाई सामान्य अर्थमा लिनुपर्छ । सरकार परिवर्तनका विषयमा कुनै पनि सोच र योजना कांग्रेसले राखेको छैन ।’ प्रमुख सचेतक घिमिरेले बजेटलगायतका विविध विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको जनाए ।

‘सांसदहरूले बजेटलगायत विविध विषयमा खुलेर छलफल गर्नुभयो,’ उनले भने, ‘धैर्यतापूर्वक सहभागिता जनाउनुभयो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा सबैलाई समानता हुनुप¥यो भन्ने कुराहरू उठे । क्षेत्रगत रुपमा सन्तुलित विकास हुनुप¥यो भन्ने कुरा पनि उठे ।’ घिमिरेले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले पनि बैठकमा प्रवेश पाएको जानकारी गराए ।

‘गर्भनरको कुरा पनि उठ्यो,’ उनले भने, ‘संयुक्त सरकारमा हाम्रो पोजिसन के छ भन्ने कुराहरू पनि आए ।’ बैठकमा केही सांसदहरूले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतविरुद्ध दायर भएको मुद्दा र सांसद माया राई पक्राउको विषयमा पनि कुरा उठेको थियो ।

‘सांसद मोहनबहादुर बस्नेत र माया राईको कुरा पनि बैठकमा सांसदहरूले उठाउनुभयो । यस विषयमा सभापतिज्यूले जवाफ दिनुभयो,’ प्रमुख सचेतक घिमिरेले भने, ‘राजनीतिमा यस्तै हुन्छ । हामी पनि जेल बसेरै आएका हौँ । थुनामा बसेर आएका हौँ भन्ने कुरा उहाँले राख्नुभयो । यो विषयलाई ठूलो अर्थमा लिनुहुँदैन, हामी पनि बसेर आएका हौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here