कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

39

काठमाडाैं । कीर्तिपुरका तर्फबाट पृथ्वी नारायण शाहकाे  गाेरखाली फाैजसित युद्वमा विरता प्रर्दशन गरेकाे सम्मान स्वरूप विंरगना रानी कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना गरिने बारेमा  कीर्तिपुर वडा नं. १० कार्यालयमा बैठक बसेकाे छ ।

जेठ ३ गते शनिबार बसेकाे बैठकमा कीर्तिपुरकाे वडा नं. १ इच्छा कुमार महर्जन, सम्पदा अभियान्ता एवम् सामाजिक अभियान्ताहरू शुद्वरत्न महर्जन, सरल गाेपाल महर्जन तथा वडा नं. १० वडा अध्यक्ष, संस्कृतविद् प्रयागमान प्रधान तथा बागमती प्रदेश सांसद एवम् पूर्व मन्त्री पुकार महर्जन लगायतका महानुभावहरूले उपस्थित जनाएका थिए ।

साे बैठक कार्यक्रममा सम्पदा तथा सामाजिक अभियान्ता  शुद्वरत्न महर्जनले विरंगता कीर्तिलक्ष्मीकाे प्रतिमा बनाउने कार्य लगभग पूरा भएकाे अहिले रंगराेगन गर्ने कार्य बाँकी रहेकाे जानकारी गराए ।

त्यसैगरी संस्कृतविद् प्रयागमान प्रधानले कीर्तिराज्यलक्ष्मीकाे प्रतिमा निर्माणले कीर्तिपुरका समाजसेवी एवम् राजनीतिज्ञ स्व. हरिशरण महर्जनकाे सपना साकार हुन लागेकाे जनाउँदै सम्पूर्ण कीर्तिपुरका स्थानिय बासिन्दाकाे धारणा सुनेर कीर्तिराज्य लक्ष्मीकाे प्रतिमाकाे अाकार दिएकाे जनाए । उनले विशेषगरी प्रतिमा स्थापनामा प्राविधिक समस्याकाे समाधान सामना गर्नु पर्नेमा जाेड दिए ।

साे बैठकबाट कीर्तिपुरकै गाैरवकाे  रूपमा कीर्तिपुर नगरपालिका वडा नं. १ बाघभैरव प्रवेशद्वार बाहिर राखिने  जानकारी गराइकाे थियाे ।

कीर्तिपुरवासीले कीर्तिलक्ष्मीलाई पृथ्वनारायण शाहसंग युद्वको क्रममा कीर्तिपुरको तर्फवाट नेतृत्व गर्ने योद्धा वीरांगना कीर्तिलक्ष्मीको प्रतिमा प्रतिस्थापनाकाे तयारीका लागि सरोकारवालहरुवीच छलफल भिएकाे थियाे ।

कीर्तिपुरको प्रवेशद्धार कीर्तिपुर नगरपालिकाले लेबोटरी स्कूल नजिक नयाँ बाटोमा निर्माण गर्ने तयारी गरेको छ भने उक्त स्थानमा नै कीर्तिलक्ष्मीको सालिक राख्ने योजना बनाएको थियो ।

साे बैठकबाट  कीर्तिलक्ष्मीको प्रतिमा तयार भइहेकाले अव केहि दिनमै बाजागाजासहित उक्त मूर्तिलाई कीर्तिपुरमा ल्याउने व्यवस्थापन  कीर्तिपुर वडां १० ले जिम्मेवारी लिने वडा अध्यक्ष नरेश महर्जनले जानकारी गराएका थिए।

बागमती प्रदेश सांसद एवम् पूर्व मन्त्री पुकार महर्जनले समाजमा राम्राे काम गर्नलाई सम्मान गर्नु पर्ने जनाए । उक्त बजेट बिनियाेजन पुर्वमन्त्री पुकार महर्जनले विनियोजित करिब १५,०००० (प्रन्ध लाख) लागतमा निर्माण भएको थियाे ।

यस्ताे छ  प्राप्त अभिलेख :

यस्ताे छ अभलेख
शिलालेखहरूमा कीर्तिपुरका क्वाठनायकहरुको नाम उल्लेख गरिएको छ। काजीहरूको नाम पनि अभिलेखहरूमा पाइन्छ । हारेकाराज्यका काजी र सेनानायकहरूको नामसमेत नलेखिने इतिहासमा पुरुषको भेषमा लडेकी नारीको नाम उल्लेख गर्ला भन्ने आशा गर्न सक्दैन, त्यसैकारण कीर्तिलक्ष्मी गुमनाम भइन् । शिलालेखमध्ये उमामहेश्वर मन्दिरको पछाडि रहेको सरस्वती अभिलेखमा क्याठनायक लक्ष्मी सिंहले मन्दिरको मर्मत गरेको भनी उल्लेख रहेको छ । त्यसबाट कोतनायक लक्ष्मी सिंह रहेछन् भन्ने कुरा पत्ता लाग्ने आशा छ । क्वाठनायक लक्ष्मी सिंहकी छोरी नै कीर्तिलक्ष्मी हुन् ।

पाटनमा छ प्रधानको जगजगी रहेको बेलाको एक ऐतिहासिक घटनाले पनि कीर्तिलक्ष्मीको इतिहास उजागर गर्ने छ। इतिहासकार बाबुराम आचार्यले लेख्नुभएको पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी पुस्तकमा कीतिलक्ष्मी सिंहको नाम उल्लेख रहेको छ । पाटनमा राजा रन्जीत मल्लको र राज्याभिषेक समारोहमा उपस्थित काजीहरुको नाममा कीर्तिलक्ष्मी सिंह पनि उपस्थित रहेको पाइएको छ। त्यतिबेला कीर्तिपुर पाटन राज्यको उपराज्य थियो । कीर्तिपुरका क्वाठनायक लक्ष्मी सिंहको प्रतिनिधित्व गर्दै उनकी छोरी कीर्तिलक्ष्मी सिंहले राजाको राज्याभिषेकमा उपस्थित भएको अनुमान गरिएको छ। कीर्तिलक्ष्मी सिंह कीर्तिपुरको हो भनी अनुमान लगाउन सकिन्छ । मल्लकालमा कीर्ति’ शब्द असाध्यै मन पराइएको र यो नाम निकै प्रचलित रहेकाले क्वाठनायक लक्ष्मी सिंहले आफ्नी छोरीको नाम कीर्तिलक्ष्मी राखेको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here