शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाए

29

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने छ।

सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन्।

महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको पौडेलले जानकारी गराए। थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन्। पौडेलले भने,‘महामन्त्री ज्यूले क्रियाशील सदस्यता नवीकरणको अहिलेसम्म भएका कामहरुको व्रिफिङ गर्नुहुनेछ।’ कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयावधि तोकेको छ।

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ। यसबारेमा पनि छलफल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here