बालकोटमा ५० वर्षीया मृत अवस्थामा फेला

26

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।

बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् ।

भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् ।

भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ ।

उनको शरिरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विशेदमा छन् । श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here