राजपरिवारद्वारा चतुर्व्यूह नारायणधाममा पूजाअर्चना

24

काठमाडौं । पूर्व राजपरिवारले नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाहले शनिबार साँझ नारायणहिटी दरबार परिसरमा रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाआजा गरेका हुन्।

यो मन्दिर नारायणहिटी दरबार परिसरसँगै जोडिएको छ। यो मन्दिर राजपरिवारका सदस्यहरूको नियमित दर्शन तथा पूजाअर्चना हुने धाम मानिन्छ। सोही मन्दिरको नामबाट नारायणहिटी दरबारको नामाकरण गरिएको हो।

पूर्व नवयुवराज हृदयेन्द्र केही दिनअघि मात्रै अमेरिकाबाट नेपाल फर्किएका थिए। अमेरिकाको बोस्टनमा अध्ययनरत उनी बिदामा नेपाल आएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here